कंगोमा तेल ट्यांकर दुर्घटना हुँदा ५० जनाको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कंगोमा तेल ट्यांकर दुर्घटना हुँदा ५० जनाको मृत्यु


२१ आश्विन २०७५, आइतबार


काठमाडौं । कंगोमा तेल ट्यांकर दुर्घटनापछि सल्केको आगो फैलिएर ५० जनाको ज्यान गएको छ ।

कंगोको एमबुजा ग्रामीण इलाकामा दुर्घटनापछि ट्यांकरबाट पोखिएको पेट्रोलियम पदार्थमा आगो सल्केर नजिकैको गाउँमा फैलिँदा ५० जनाको मृत्यु भएको त्यहाँका सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले लेखेका छन् ।

एमबुजा क्षेत्रका गभर्नर अतु मतुबौनाका अनुसार दुर्घटनामा दर्जनौ मानिस घाइते भएका र ठूलो धनराशी बराबरको भौतिक सम्पतिको क्षति भएको पुष्टि गरिएको छ ।

पेट्रोलियम पदार्थ लिएर मातडीबाट किन्सासा गइरहेको ट्याङ्कर बाटोमा रोकेर राखिएको ट्रकमा ठक्कर खाएको थियो ।

प्रतिक्रिया दिनुहोस