नोवेल शान्ति पुरस्कार बलात्कारबिरुद्धका अभियन्तालाई « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नोवेल शान्ति पुरस्कार बलात्कारबिरुद्धका अभियन्तालाई


१९ आश्विन २०७५, शुक्रबार


काठमाडौं । यस वर्षको नोवेल शान्ति पुरस्कार बलात्कारबिरुद्धको अभियन्तालाई दिइने भएको छ ।

शुक्रबार नोवेल समितिले बलात्कारकाबिरुद्ध अभियान चलाउने यजिदी महिला नादिया मुराद र कङ्गोका डेनिस् मक्वेजलाई संयुक्त रुपमा नोवेल शान्ति पुरस्कार दिने घोषणा गरेको हो ।

नोवेल समितिका अध्यक्ष बेरत रिज एण्डरसनका अनुसार अपराधबिरुद्धको लडाईका दुबै जनाले महत्वपूर्ण योगदान दिएको बताएका छन् ।

यस वर्ष नोवेल शान्ति पुरस्कारका लागि ३३१ व्यक्ति तथा संस्था नोमिनेशनमा परेका थिए ।

बीबीसीका अनुसार मुराद स्लामिक स्टेटका मिलिसियाको यातना र बलात्कारको शिकार भएकी थिइन् भने प्रसुतिबिज्ञ मुक्वेजले पीडितहरुको उपचार गर्दै आएका छन् । इराककी मुराद वजिदी कुर्दिस मानव अधिकार अभियन्ताका रुपमा परिचित छिन् ।

प्रतिक्रिया दिनुहोस