२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दिपायल विमानस्थल निर्माण अलपत्र

अ+ अ-

डोटी । निर्माण कम्पनीले तोकिएको समयमा काम नगर्दा दिपायल विमानस्थलको कालोपत्रे गर्ने काम अलपत्र छ ।

समयमा काम नसकिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले अवधि थप्ने/नथप्ने निर्णय नगर्दा पनि निर्माण अवरुद्ध भएको हो ।

कालोपत्रेको निर्माण नसकिँदा र म्याद पनि थप नहुँदा निर्माण कम्पनीले काम अघि नबढाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जिनीयर नलविक्रम थापाले बताए । यी विमानस्थलमा रनवे कालोपत्रेलगायतका काम गर्न बाँकी छ । तोकिएको समयमा काम नसकिँदा अधुरै रहेको डोटीको दिपायल विमानस्थलको निर्माणको काम पनि अलपत्र अवस्थामा परेको छ ।

काम सञ्चालन नहुँदा महीनादेखि निर्माणको काम ठप्प रहेको विमानस्थल निर्माण हेरिरहेका इञ्जिनीयर बालकृष्ण रेग्मीले बताए। काम शुरु गरेपछि मात्रै म्याद थपेर अन्तिम पटकका लागि मौका दिने मनसायमा प्राधिकरण पुगेको रेग्मीले बताए ।

यस्तै बैतडीको पाटन विमानस्थलको काम पनि लामो समयदेखि अलपत्र छ । अछामको साँफे विमानस्थल गएको जेठमै निर्माण सम्पन्न भई परीक्षण उडान गरिँदासमेत दिपायल तथा पाटन विमानस्थलको काममा ढिलाइ हुँदा निर्माणको काम अलपत्र परेको हो ।

पाटन विमानस्थलको गत असारमा समय सकिँदा पनि निर्माण कम्पनीलाई म्याद थपिएको छैन भने दिपायल विमानस्थलमा ६ महिनाको म्याद थपिए पनि सो समयमा पनि काम नसकिएपछि म्याद थपको माग भएकोमा म्याद नथपिएको बताइएको छ । डोटीको दिपायल विमानस्थलको काम सेर्पाग्याल्भा कम्पनीले लिएको छ ।

सुदूरपश्चिम प्रदेशको दोस्रो ठूलो डोटीको दिपायल र बैतडीको पाटन विमानस्थल कालोपत्रेको काम निर्धारित समयमा नसकिएपछि अहिले निर्माणको काम अलपत्र छ । गत असारमा सक्ने लक्ष्यसहित निर्माण शुरु गरिएको दिपायल विमानस्थलको कालोपत्रे गर्ने कार्य नसकिएपछि म्याद थपका लागि निवेदन दिइएको छ । डोटीको दिपायल विमानस्थलमा करीब पाँच करोड ५० लाख र बैतडीमा झण्डै ११ करोडको लागतमा विमानस्थल कालोपत्रेको काम शुरु गरिएको थियो । रासस