घुस लिएको अभियोगमा प्रहरी निरीक्षकविरुद्ध मुद्दा दायर « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

घुस लिएको अभियोगमा प्रहरी निरीक्षकविरुद्ध मुद्दा दायर


१७ आश्विन २०७५, बुधबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियामा कार्यरत प्रहरी निरीक्षक गणेशसिंह महताविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार प्रहरी निरीक्षक महताले स्थानीय महिला सञ्जालकी अध्यक्ष मैया पौडेलसँग मिलेमतो गरी अनुसन्धानका लागि पक्राउ परेका व्यक्तिलाई छुट्याइदिने भन्दै ३० हजार घुस लिएको अभियोग लागेको छ । आयोगले प्रहरी निरीक्षक महत्ता र स्थानीय महिला सञ्जालकी अध्यक्ष पौडेल दुवैलाई जरिवाना र कैद सजाय माग गरी आज मुद्दा दायर गरेको हो ।

यस्तै आयोगले आजै विराटनगर महानगरपालिका घरजग्गा सम्पत्ति कर शाखामा कार्यरत खरिदार तीलकमणि पोखरेल र कार्यालय सहयोगी बुधलाल सरदारविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

घर बहाल कर र सम्पत्ति करवापत राजश्व मिलाएर काटिदिने भन्दै सेवाग्राहीसँग १३ हजार घुस मागेको अभियोग उनीहरुमाथि लागेको छ । रासस

प्रतिक्रिया दिनुहोस