२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देश र जनताका लागि उत्तरदायी हुनुपर्ने : मुख्यमन्त्री राई

अ+ अ-

विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले जनप्रतिनिधिले देश र जनताका लागि उत्तरदायी भएर काम गर्नुपर्ने बताए । प्रदेश समन्वय परिषद्को प्रथम बैठकको आज यहाँ उद्घाटन गर्दै उनले जनताको भावनासँग जोडिएर जनप्रतिनिधिले विकास निर्माणको कार्यलाई तीव्रता दिन सके समृद्ध नेपाल र सुखी नेपाली बन्न धेरै समय लाग्दैन भने ।

मुख्यमन्त्री राईले प्रदेश र स्थानीय तहबीच नीतिगत तालमेल हुनुपर्ने भन्दै दुबै सरकारले प्राकृतिक स्रोत, साधन र सम्पदाको उचित बाँडफाँड गरेर अघि बढ्नुपर्ने विचार व्यक्त गरे।

स्थानीय सरकारले अधिकारको जथाभावी प्रयोग नगर्न सुझाव दिँदै मुख्यमन्त्री राईले जनताको हित र स्वार्थलाई केन्द्रमा राखेर जनप्रतिनिधिले काम गर्नुपर्ने धारणा राखे । परिषद्को संयोजकसमेत रहेका मुख्यमन्त्री राईले स्थानीय तहमा देखिएका समस्या हल गर्न बैठकले मद्दत गर्ने कुरामा जोड दिए।

कार्यक्रममा सभामुख प्रदीपकुमार भण्डारीले नयाँ संरचनाअनुसार बनेको स्थानीय तह र प्रदेश सरकारबीच तालमेल हुनुपर्ने बताए।
प्रदेश नं. १ अन्तर्गत १४ जिल्लाका १३७ स्थानीय तहका प्रमुख, उपप्रमुख र जिल्ला समन्वय समितिका संयोजक एवं सहसंयोजक सहभागी रहेको सो कार्यक्रममा प्रदेश समन्वय परिषद्को बैठकसम्बन्धी कार्यविधि, २०७५ को मस्यौदा, परिषद्को अधिकार क्षेत्रको विषय र आवश्यक देखिएका अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

कार्यक्रममा प्रदेश समन्वय परिषदको वर्तमान अवस्था र आगामी कार्यदिशा विषयमा मुख्यसचिव केदार न्यौपाने र प्रदेश समन्वय परिषद्को बैठक सम्बन्धी कार्यविधि, २०७५ को मस्यौदाका विषयमा सचिव शेरजङ्ग कार्कीले प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।