विश्व शिक्षक दिवस मनाइँदै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

विश्व शिक्षक दिवस मनाइँदै


१७ आश्विन २०७५, बुधबार


काठमाडौं । ‘शिक्षा अधिकारको तात्पर्य, योग्य शिक्षकको अधिकार’ भन्ने नाराका साथ विश्व शिक्षक दिवसका सन्दर्भमा आज नेपालमा पनि विभिन्न कार्यक्रम गरिएको छ ।

संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले सन् १९९४ देखि हरेक अक्टोबर ५ मा यो दिवस मनाउने घोषणा गरेको थियो । दिवसका अवसरमा नेपाल शिक्षक महासङ्घले ललितपुरमा र्‍याली आयोजना गरेको छ भने युनेस्को काठमाडौंको सहयोगमा आज एकदिवसीय कार्यशालाको आयोजना गरेको छ ।

महासङ्घका अध्यक्ष बाबुराम थापाले आफूहरूको पेशागत माग र सुविधाका विषयमा गरिएको सम्झौता कार्यान्वयनमा सरकारले तदारुकता देखाउनुपर्ने भन्दै अन्यथा आन्दोलनमा जाने चेतावनी दिए। रासस

Tags :
प्रतिक्रिया दिनुहोस