२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आजबाट खुल्दै डीभी, कसरी भर्ने ?

अ+ अ-

काठमाडौं । आजबाट अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रम २०२० का लागि खुला हुने भएको छ ।

आज राति ९ः४५ बजेबाट कात्तिक २० गते राति १०ः४५ बजेसम्म डीभीको आवेदन खुला गरिने नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

आवेद भर्न कुनै पनि शुल्क नलाग्ने समेत दूतावासले प्रष्ट पारेकोे छ ।  डीभी भर्न कन्सल्टेन्टहरुको सहयोग लिने क्रम बढिरहेका बेला दूतावासले परिवारका सदस्य, साथी या विश्वासिलो व्यक्तिको सहयोग लिएर आवेदन भर्न सुझाएको छ ।

डीभी भर्न इच्छुक आवेदकले www.dvlottery.state.gov  मा गएर तोकिएको अवधिमा आवेदन भर्न सक्नेछन् । आवेदन दर्ता गर्दा पति–पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सुचीकृत गर्न पनि अनिवार्य गरिएको र उनीहरुलाई समावेश नगरिएको आवेदन अमान्य ठहरिने राजदुतावासले जनाएको छ ।

राजदुतावासका अनुसार २०२० को डाइभर्सिटी भिसा कार्यक्रममा नयाँ नीतिगत व्यवस्था गरिएको छ । जसमा मुख्य आवेदकले अयोग्य पति–पत्‍नी वा सन्तानको विवरण समावेश गरी आवेदन दिएमा त्यो अयोग्य ठहरिने छ । आवेदन एउटामात्र बुझाउनुपर्ने छ । एकभन्दा बढी आवेदन बुझाएमा चिठ्ठाका लागि अयोग्य ठहरिने जनाइएको छ ।

फोटो सम्बन्धी नियम पनि कडाइका साथ पालना गर्नु पर्ने छ । अघिल्लो वर्ष प्रयोग भएको फोटो प्रयोग गर्न मिल्दैन ।

आवेदन भरिसकेपछि आफ्नो कन्फर्मेसन नम्बर पनि सुरक्षित साथ राख्नु पर्ने छ । कन्फर्मेसन नम्बरकै आधारमा पछि चिठ्ठा परे नपरेको ७ मे २०१० पछि हेर्न सकिने छ ।