फाजिलमा रहेका १६ सय बढी कर्मचारी व्यवस्थापन गर्न प्रदेशलाई पत्र « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

फाजिलमा रहेका १६ सय बढी कर्मचारी व्यवस्थापन गर्न प्रदेशलाई पत्र


१६ आश्विन २०७५, मंगलबार


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फाजिलमा परेका कर्मचारीको व्यवस्थापन गर्न सातै प्रदेशमा पत्र पठाएको छ।

मुलुक संघीय संरचनामा परिणत भएसँगै क्षेत्रीय निर्देशनालय, तालिम केन्द्र, मेडिकल स्टोर तथा जिल्ला कार्यालय खारेजसँगै फाजिलमा परेका १ हजार ६ सय ४० फाजिल कर्मचारी प्रदेशमा बनेका नयाँ संस्थामा व्यवस्थापन गर्न भनिएको हो ।

ती कर्मचारीहरुलाई प्रदेशका सामाजिक विकास मन्त्रालय मातहत रहने स्वास्थ्य संस्थाहरुम (अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रहरु र स्वास्थ्य चौकी) मा समेत कामकाज गर्न खटाइने छ ।

हेर्नुहोस् पत्र

प्रतिक्रिया दिनुहोस