काठमाडौं । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी हवल्दार नरूल अन्सारी घुस लिएको अरोपमा पक्राउ परेका छन् । नेपाल भारत सिमा बजारबाट सामान ल्याउन सहज बनाइदिने प्रलोभन देखाई सेवाग्राहीसँग घुस लिइरहेको भन्ने सूचनाका आधारमा उनी पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयो अनुसन्धान आयोग बर्दिवासबाट खटिएको टोलीले तीस हजार घुस लिइरहेको अवस्थामा उनलाई मलंगवा नगरपालिका–१० स्थित टावरचोकबाट पक्राउ गरेको हो । अन्सारीलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको अख्तियारले जनाएको छ ।







