बानेश्वरको संगम स्वीट्समा शिलबन्दी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बानेश्वरको संगम स्वीट्समा शिलबन्दी


१६ आश्विन २०७५, मंगलबार


काठमाडौं । सरकारी अनुगमन टोलीले बानेश्वरमा रहेको संगम स्विट्समा शिलबन्दी गरेको छ । अनुगमनका क्रममा अखाद्य पदार्थ र न्यूनतम मापदण्ड पूरा नगरेको पाइएपछि संगम स्विट्समा शिलबन्दी गरिएको हो ।

जिल्ला प्रशासन काठमाडौं, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य अनुसनधान अधिकृत ईश्वर सुवेदीको नेतृत्वको टोलीले मिठाई पसलमा अखाद्य पदार्थ भेटिएपछि शिल गरेको हो ।

गुण नियन्त्रण विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीका अनुसार कारखानामा समेत शिलबन्दी गरिएको छ। कपडा चम्काउन प्रयोग हुने ‘हाइड्रो ए वान’ केमिकल मिठाइमा ८ वर्ष पुरानो कोकोनट पाउडर पाइएकाले कारखानमा पनि सिल गरिएको वस्तीले बताए ।

घ्यु र तेलमा पोलारिटिको मात्र पनि अत्याधिक पाइएको, मैदा लगायत अन्य खाद्य बस्तुमा उत्पादन मिति उल्लेख नभएको, सरसफाइमा वास्ता नगरिएको पाइको अनुगमन टोलीले बताएको छ ।

उक्त मिठाई पसलका सञ्चालक झापाका संगम शर्मा हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस