२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शेयर बजारमा सामान्य वृद्धि

अ+ अ-

काठमाडौं । आज शेयर बजारमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.६९ बिन्दुले बढेर एक हजार २४१.३६ बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६५ बिन्दुले बढेर २६३.४५ बिन्दुमा पुगेको छ । नेप्से परिसूचकमा वृद्धि भए पनि कारोवार रकममा भने गिरावट आएको छ । कूल १७१ कम्पनीको १५ लाख ९३ हजार ७०० कित्ता शेयर ४५ करोड १९ लाख ९३ हजार ४८५ मूल्यमा खरीद बिक्री भएको स्टकले जनाएको छ ।

कूल एघार उपसमूहमध्ये आज छ उपसमूहको शेयरमा वृद्धि भएको छ भने पाँच उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ एक दशमलव ६३, व्यापार १.६९, निर्जीवन बीमा १२.१५, अन्य ७.७७, माइक्रोफाइनान्स ३.०८ र जीवन बीमा १४.६२ बिन्दुले बढेको छ ।

यस्तै होटल ०.२९, विकास बैंक ०.४४, जलविद्युत् २.९१, फाइनान्स १.०१ र उत्पादन ५.६८ बिन्दुले घटेको छ । नाडेप लघुवित्त वित्तीय संस्था, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले क्रमशः नौ प्रतिशत र पाँच प्रतिशतका दरले कमाएका छन् भने भार्गव विकास बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका शेयरधनीले क्रमशः नौ र चार प्रतिशतका दरले गुमाएका छन् ।

यस्तै आज स्टकमा आरएसडिसी लघुवित्त वित्तीय संस्थाको २१ लाख ५९ हजार ७०० कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । जानकी फाइनान्स लिमिटेडको शेयर मूल्यमा समायोजन गरिएको छ । सो कम्पनीको २२ प्रतिशत बोनस शेयर समायोजन गरेपछि आधारभूत मूल्य २०७ तोकिएको छ ।