नगरपालिका कार्यालयमा तालाबन्दी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नगरपालिका कार्यालयमा तालाबन्दी


१६ आश्विन २०७५, मंगलबार


महोत्तरी । कर वृद्धिको विरोध गर्दै महोत्तरीको औरही नगरपालिकाको कार्यालयमा स्थानीय वासिन्दाले तालाबन्दी गरेका छन् ।

नगरपालिकाले यस आर्थिक बर्षको बजेटमा कर वृद्धि गरेको, र वजेट पारदर्शी नगरेको भन्दै मंगलबार विहान स्थानीयले कार्यालयको मूलगेटमा तालाबन्दी गरेका हुन् । तालाबन्दीपछि कार्यालयको कामकाज प्रभावित बनेको छ ।

यसभन्दा अगाडि आफुहरुको माग सम्बोधनको लागि ज्ञापन पत्र बुझाउने देखि विभिन्न आन्दोलनका कार्यक्रम गर्दा पनि आफुहरुका माग सम्बाधन नभएपछि तालाबन्दी गर्नुपरेको स्थानीले बताएका छन् ।

नगरप्रमुख सुनिल यादवले आफूले बोलाएको वार्तामा आन्दोलनकारी नबसेको आरोप लगाउँदै वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न नगरपालिका प्रतिवद्ध रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस