२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हडतालले पठनपाठन प्रभावित

अ+ अ-

काठमाडौं । नेपाल विद्यालय कर्मचारी युनियन र नेपाल अस्थायी शिक्षक सङ्घर्ष केन्द्रीय समितिले आफ्ना माग पूरा गराउन आन्दोलनमा उत्रिएका कारण सामुदायिक विद्यालयको पठनपाठन प्रभावित हुँदै आएको छ ।

कर्मचारी युनियनले असोज ५ गतेदेखि काठमाडौंमा रिले अनशन गरिरहेको छ भने नेपाल अस्थायी शिक्षक सङ्घर्ष समितिले हिजो सोमबार र आज दुई दिन देशभरका सामुदायिक विद्यालय बन्द गर्ने घोषणा गरेको छ । शिक्षक र कर्मचारीको पटक–पटकको आन्दोलनले विद्यार्थीको पढाइमा प्रभाब परेको छ । सरकारले विद्यालय कर्मचारीको तलब दुई हजारदेखि एघार हजारसम्म तोकेकेर विद्यालय कर्मचारीको भविष्यमा खेलबाड गरिएको भन्दै रिले अनसन शुरु गरिएको युनियनका अध्यक्ष कमलप्रसाद खतिवडाले बताए।

युनियनले काठमाडौंमा यही असोज २देखि ५ गतेसम्म आन्दोलन गरेपनि सरकारले बेवास्ता गरेको आरोप लगाउँदै उनले कर्मचारीको तलब वृद्धि तथा कर्मचारीको भविष्य सुनिश्चित गर्नुपर्ने दुई बुँदे माग अघि सारेको बताए। त्यस्तै अस्थायी शिक्षकको पदपूर्ति नगरिएको भन्दै अस्थायी शिक्षक सङ्घर्ष समितिले दुईदिन देशभरका सामुदायिक विद्यालय बन्द आह्वान गरेकाले ८० प्रतिशत सामुदायिक विद्यालय बन्द रहेको अस्थायी शिक्षक सङ्घर्ष समितिका संयोजक वेद अधिकारीले जानकारी दिए ।

शिक्षक सङ्गठनले अस्थायी शिक्षकलाई परीक्षामा सहभागी गराइ अहिले भएकामध्ये ७५ प्रतिशतलाई उत्तीर्ण गराउनुपर्ने भनिएकामा शिक्षक सेवा आयोगले २५ प्रतिशतलाई मात्र उत्तीर्ण गराएको सङ्गठनका अध्यक्ष हेमनाथ चौलागाईंले जानकारी दिँदै आफ्ना माग पूरा नगरे थप सङ्घर्ष जारी राख्ने चेतावनी दिए ।

हाल नेपालमा एक लाख सात हजार शिक्षकमध्ये ३० हजार अस्थायी कोटामा छन् । सरकारले शिक्षकको सुरक्षा नगरी विद्यालयको भविष्य सुनिश्चित हुन्छ भन्नु गलत रहेको सङ्गठनको ठहर छ । त्यस्तै देशभर ४० हजार राहत शिक्षक १५ हजार विद्यालय कर्मचारी र १० हजार शिशु स्याहार शिक्षक कार्यरत छन् ।

सरकारले सामुदायिक विद्यालयका कर्मचारी र अस्थायी शिक्षकको मागको सम्बोधन गर्दै आएको विज्ञान, प्रविधि तथा शिक्षा मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले बताए । “अस्थायी शिक्षकलाई स्थायी गर्नका लागि नतिजा प्रकाशित भइसकेको शिक्षकको स्वास्थ्योपचारका लागि बजोट छुट्याउने तयारी भइरहेको उनले बताए । हाल नेपालमा ३५ हजार ६०१ सामुदायिक विद्यालय छन् । विद्यालयलाई शान्तिक्षेत्रका रुपमा घोषणा गरी बन्द÷हडताल गर्न नपाउने नियम छ । रासस