सङ्घीयता कार्यान्वयनमा काङ्ग्रेसको साथ रहने : प्रकाशमान सिंह « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सङ्घीयता कार्यान्वयनमा काङ्ग्रेसको साथ रहने : प्रकाशमान सिंह


१६ आश्विन २०७५, मंगलबार


काठमाडौं । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीयता कार्यान्वयन गर्ने कुरामा सरकारलाई काङ्ग्रेसको सधैँ साथ र सहयोग रहने स्पष्ट पारेका छन् ।

नेपाली काङ्ग्रेस काठमाडौं महानगरपालिका–१० ले आयोजना गरेको कार्यक्रममा उनले भने, “मुलुकलाई आर्थिक विकासमा लैजान र जनतामुखी काम गर्न काङ्ग्रेसको सधैँ साथ रहन्छ ” ।

उनले सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाए । “निर्वाचनको समयमा स्थिर, सुशासन र समृद्धिको नारा दिएको तर अहिले सरकारले निर्वाचनको प्रतिवद्धता अनुरुप काम गर्न सकेको छैन,”उनले भने । उनले जनताले आशा गरे अनुसार आर्थिक समृद्धिको नारा कार्यान्वयन हुन सकेन भन्दै बरु मूल्यवृद्धि बढेर जनताले दुःख पाइरहेका छन् भने ।

नेता सिंहले काङ्ग्रेसलाई प्रभावकारी ढङ्गले अगाडि लैजान आफूहरु लागिरहेको स्पष्ट पारे ।

Tags :
प्रतिक्रिया दिनुहोस