हत्यारा सार्वजनिक गर्न माग गर्दै नेविसंघद्वारा कञ्चनपुर बन्द « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हत्यारा सार्वजनिक गर्न माग गर्दै नेविसंघद्वारा कञ्चनपुर बन्द


१६ आश्विन २०७५, मंगलबार


काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका वास्तविक हत्यारा सार्वजनिक गर्नुपर्ने माग राखी आज कञ्चनपुर बन्द गरिएको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बन्द आह्वान गरेको हो ।

बन्दका क्रममा नेविसंघका नेता तथा कार्यकर्ताले बिहान ७ बजेदेखि पूर्व–पश्चिम राजमार्गलगायत महेन्द्रनगरका विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरेका छन् ।

बन्दका कारण महेन्द्रनगरबाट छुट्ने लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् भने शिक्षण संस्था पनि बन्द छन् ।

रोजगारी गरी घर फर्केकाहरू महँगो भाडा तिरेर अटो, रिक्सा र मोटरसाइकलमा यात्रा गर्न बाध्य छन् ।

हत्यारा सार्वजनिक गर्न ढिलाइ गरेकाले दबाबस्वरूप बन्द आह्वान गरिएको नेविसंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस