सहकारीद्वारा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सहकारीद्वारा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण


१६ आश्विन २०७५, मंगलबार


घोराही । सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने नीति ल्याएसँगै दाङको एउटा सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने भएको छ ।

घोराही उपमहानगरपालिका–१५ स्थित सिसा सगुन बचत तथा ऋण सहकारी संस्थाले शिक्षित बेरोजगार युवालाई स्वरोजगार बनाउन यस्तो खालको नीति ल्याएको हो । व्यवसाय गर्न चाहने शिक्षित युवालाई ऋण दिन शुरु गरिएको सहरकारीका अध्यक्ष बालचन्द्र शर्माले जानकारी दिए । शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने नीति संस्थाको साधारणसभाले पारित गरेको उनले बताए । सो निर्णय शहरी रोजगार तथा शहरी प्रर्वद्धन शाखाको अनुमोदन गराएर स्वीकृत लिएपछि कार्यान्वयन गर्ने उनको भनाइ छ ।

सहकारीले एसइइ परीक्षा उत्तिर्ण गरेकालाई २५ हजार, प्रविणता प्रमाण पत्र तह उत्तिर्णलाई ५० हजार, स्नातक तह उत्तिर्ण गरेकालाई तीन लाख तथा स्नातकोत्तर तह उत्तिर्ण गरेकालाई पाँच लाखसम्म कर्जा दिने भएको छ । सो कर्जा दिनका लागि सहकारीले ५० लाख बजेट छुट्याइसकेको अध्यक्ष शर्माले बताए ।

सहायता कक्ष स्थापना

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले घोराहीको बसपार्कमा सहायता कक्षा स्थापना गरेको छ । चाडपर्वको समयमा यात्रुको चाप बाक्लो हुने र सो समयमा यात्रुले विभिन्न समस्या भोग्नुपर्ने भएकाले ती समस्या समाधानका लागि नागरिक सहायता कक्ष स्थापना गरिएको प्रहरी निरीक्षक मदनबहादुर कुँवरले जानकारी दिए । सहायता कक्ष जिल्लाका हरेक बसपार्क तथा ट्राफिक पोष्टमा राखिने उनले बताए ।

हाल घोराहीको बसपार्क, ट्राफिक चोक र लमहीमा सहायता केन्द्र स्थापना गरिएको छ । सहायता कक्षमा यात्रा गर्दा विभिन्न असुविधा हुने, लुटपाट, दोहोरो टिकट, सामान हराउने, अभद्र व्यवहार हुनसक्ने भएकाले समस्या समाधानका लागि विभिन्न टेलिफोन नम्बरको समेत व्यवस्था गरिएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस