आज गान्धी जयन्ती तथा अहिंसा दिवस मनाइँदै « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

आज गान्धी जयन्ती तथा अहिंसा दिवस मनाइँदै


१६ आश्विन २०७५, मंगलबार


काठमाडौं । आज अक्टोबर २ विश्व अहिंसा दिवस तथा गांधी जयन्ती । विश्वभर विविभन्न कार्यक्रमहरु गरी भव्यताका साथ मनाइँदै छ । सोही अवसरमा नेपालमा पनि यो दिवसलाई विभन्न कार्यक्रमहरु गरी मनाइँदै छ ।

आज गांधी जयन्ती तथा विश्व अहिंसा दिवसका अवसरमा महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानले ‘२१ औं शाताब्दीको लोकतन्त्र र गान्धी विचार’ विषयक विचार गोष्ठीको आयोजना गर्दै छ ।

गोष्ठीमा विभिन्न पार्टीका वरिष्ठ नेताहरुले सम्बोधन गर्ने छन् । कांग्रेस सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधी, नेकपा केन्द्रीय सदस्य घनश्याम भुषाल, भाजपाका नेता तरुण विजय, कांग्रेस केन्द्रीय सदस्य प्रदीप गिरी, भारतीय कांग्रेस नेता चन्दनकुमार र नेपालका लागि भारतीय राजदुत मंजितसिंह पुरीलगायत नेताहरुको सहभागिता रहने छ ।

संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २००७ मा महात्मा गान्धीको जन्म दिनलाई विश्व अहिंसा दिवसको रूपमा मनाउने प्रस्ताव पारित गरेपछि हरेक वर्ष अक्टोबर २ का दिन यो दिवस मनाइने गरिएको छ ।

अहिंसा दिवस मनाउनेसम्बन्धी १५ जून २००७ मा महासभाद्वारा पारित सङ्कल्प प्रस्तावमा “शिक्षाको माध्यमबाट जनतामा अहिंसाको व्यापक प्रचार गर्नुपर्छ । अहिंसाको सिद्धान्त सहिष्णुता तथा शान्तिको माध्यमबाट नै सुरक्षित गर्न सकिन्छ । ” भनिएको छ ।

महासभामा भारतद्वारा प्रस्तुत प्रस्तावलाई नेपाललगायत विश्वका १४० मुलुकले समर्थन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस