पोखरामा एक युवकको हत्या « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पोखरामा एक युवकको हत्या


१६ आश्विन २०७५, मंगलबार


पोखरा । पोखरामा एक युवकको हत्या भएको छ ।

पोखरा महानगरपालिका – ३ को पालिखेचोकभन्दा करीब सय मिटर माथि प्रतीभा मावि अगाडि राजकुमार नाम गरेका युवाको हत्या भएको जनाइएको छ ।

टाउको र खुट्टामा हतियारको गम्भीर चोट रहेका युवकको पहिचान खुल्न नसकेको बताइएको छ ।

खबर पाए लगत्तै प्रहरी घटनास्थल पुगेर मुचुल्का तयार पारी अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस