२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेशसभा सचिवालयका कर्मचारीले यस्तो बनाए गण्डकी प्रदेशको लोगो

अ+ अ-

पोखरा । गण्डकी प्रदेशले लोगो सार्वजनिक गरेको छ । लोगो तथा पोशाक सिफारिस समितिको भदौ ३० गतेको बैठकले गरेको निर्णयानुसार आज गण्डकी प्रदेशको लोगो सार्वजनिक गरिएको हो ।

दुई धानका बालाले घेरेको गोलाकारभित्र रहेको माछापुच्छ्रेको चुचुरोको आकार सहितको अन्नपूर्ण हिमश्रृंखला, त्यसभन्दा तल गाढा र फिका रङको पहाड छ ।

लोगोको माथिपट्टि देखिने हिमालले अन्नपूर्ण हिमाल क्षेत्रलाई जनाउँछ। हिमाली जिल्लालाई समेत यसले प्रतिनिधित्व गर्दछ। लोगोको दायँबाया राखिएका धानको बाला समृद्धिका प्रतीक हुन्।

नेपालको नक्साभित्र गण्डकी प्रदेशको छुट्टै नक्सा छ । पहाडको काखबाट बगेको गण्डकी नदीलाई पनि नक्सामा समेटिएको छ । नदीको संकेतको वारिपारि गैँडा र जरायो चरेका छन् । चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने गण्डकी प्रदेशका वन्यजन्तुको प्रतिनिधित्व स्वरुप यी जनावर राखिएको बताइएको छ ।

लोगोभित्रको डाँफे पनि समावेश गरिएको छ । जुन नेपालको राष्ट्रिय पंक्षी हो । लोगोमा लालिगुरास समेत राखिएको छ । जुन नेपालको राष्ट्रिय फूल हो ।

लोगोमा लैंगिक समानता झल्काउन महिला र पुरुषले हात मिलाएको संकेत राखिएको छ ।

लोगो गोरखाका विनित रानामगरले बनाएका हुन् । उनी प्रदेशसभा सचिवालयका कर्मचारी समेत हुन् ।