निःशुल्क ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

निःशुल्क ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन


१५ आश्विन २०७५, सोमबार


भक्तपुर । गुप्तेश्वर महादेव संरक्षण समितिले ज्येष्ठ नागरिकको सेवा गर्न आजदेखि भक्तपुरमा ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन गरेको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोट वडा नं १ सिरुटार र ललितपुरको चाँगाथली गुप्तेश्वर बालकोट– २ स्थित गुप्तेश्वर महादेवमन्दिर परिसरमा केन्द्र सञ्चालनमा ल्याइएको हो । केन्द्रको आज १००८ स्वामी रमानन्द गिरीले उद्घाटन गरे । उनले ज्येष्ठ नागरिकलाई सेवा, संरक्षण र धार्मिक प्रवचन आवश्यक रहेको बताए । कार्यक्रममा ६२ ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । केन्द्रको संयोजक भाइकृष्ण श्रेष्ठले यस केन्द्रमा ज्येष्ठ नागरिकलाई दैनिक निःशुल्क रुपमा सेवा दिने बताए । उनले भने,“ज्येष्ठ नागरिकलाई दिन बिताउन कठिन हुँदै आएको छ, उनीहरुको आवश्यक चाहना पूरा गराउन र स्वास्थ्यमा टेवा पु¥याउन केन्द्र सञ्चालनमा ल्याएका हौ ।”

बालकोट, सिरुटार र चाँगाथलीका नागरिकलाई आजबाट प्रत्येक दिन दिउँसो मन्दिर परिसरमा बस्ने, चिया तथा खाजा खाने, विभिन्न धार्मिक कार्यक्रम प्रवचन गर्ने, ध्यान तथा ज्ञानका कुरा सिकाउने उनले बताए । उनीहरुलाई प्रत्येक साताको तीन दिन अभ्यूदय स्वास्थ्यसेवा केन्द्रले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी रक्तचाप, मधुमेहलगायतका स्वास्थ्य परीक्षण एवं सेवा दिने संयोजक श्रेष्ठले जानकारी दिए । सेवा केन्द्र सञ्चालन गर्न मासिक ४० हजार खर्च हुने र हाल स्थानीय दाताबाट मासिक २५ हजार सङ्कलन भएको जनाइएको छ । साथै स्थानीय दाताबाट आवश्यक रकम सङ्कलन गरिने उनको भनाइ थियो ।

कार्यक्रममा सभापति एवं गुप्तेश्वर महादेव संरक्षण समितिका अध्यक्ष शिवराम श्रेष्ठले ज्येष्ठ नागरिकका लागि आजबाट सञ्चालित सेवा केन्द्र निकै लाभदायी हुने बताए । रासस

प्रतिक्रिया दिनुहोस