वैचारिक पुनःजागरणलाई पार्टीमा एकता « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

वैचारिक पुनःजागरणलाई पार्टीमा एकता


१५ आश्विन २०७५, सोमबार


पोखरा । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले वैचारिक पुनः जागरणका लागि पार्टीभित्र समग्र एकता आवश्यक भएको बताएका छन्।

नेपाली कांग्रेस कास्कीद्वारा आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले एकता र आन्तरिक लोकतन्त्र बलियो नहुँदा त्यसले पार्टीलाई कमजोर बनाएको बताए । नेता तथा कार्यकर्ता गुट उपगुटमा विभाजित बन्ने गरेको उल्लेख गर्दै उनले आग्रह पूर्वाग्रहलाई त्याग्दै पार्टीलाई एकाकार बनाउन लाग्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता शुक्रराज शर्मा, राष्ट्रियसभा सदस्य वृन्दा राना, सोभियतबहादुर अधिकारी लगायतले पार्टीको आन्तरिक एकता कायम गर्नु वर्तमानको आवश्यकता भएकोमा जोड दिएका थिए।

प्रतिक्रिया दिनुहोस