एक महिनाभित्र कर्मचारी नपठाए आफै भर्ना गर्ने मुख्यमन्त्री राउतको चेतावनी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एक महिनाभित्र कर्मचारी नपठाए आफै भर्ना गर्ने मुख्यमन्त्री राउतको चेतावनी


१५ आश्विन २०७५, सोमबार


जनकपुरधाम । संघीय सरकारले एक महिनाभित्र कर्मचारी नपठाए आफै भर्ना गर्ने प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले चेतावनी दिएका छन् ।

उनले कर्मचारी अभावका कारण विकास निर्माण प्रभावित भएको र एक महिनाभित्र कर्मचारी नपठाए नियम पुर्‍याएर प्रदेश कर्मचारी भर्ना गर्ने बताएका छन् ।

सोमबार जलस्रोत तथा सिचाई डिभिजन कार्यालय जनकपुरको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले भने, ‘यो कार्यालय ६ महिनामा पूरा हुनुपर्ने काम संघीय सरकारले समयमा कर्मचारी नपठाएका कारण ढिलो भयो ।’

उनले कर्मचारी पठाउने विषयमा संघीय सरकारले सहयोग नगरेको आरोप पनि लगाएका छन् । प्रदेश २ का विषयमा नभएको कुरा लगाएर कर्मचारी नआएको पनि उनले बताए ।

उद्योग, वन, पर्यटन मन्त्रालयमा ९ सय ९२ कर्मचारी चाहिएकोमा हाल जम्मा १३ जनामात्रै कर्मचारी रहेकोले विकासनिर्माण हुन नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस