गौचन हत्याका योजनाकार बस्नेतलाई नख्खुबाट मुस्ताङ पठाइयो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गौचन हत्याका योजनाकार बस्नेतलाई नख्खुबाट मुस्ताङ पठाइयो


१५ आश्विन २०७५, सोमबार


काठमाडौं । गुन्डा नाइके समिरमानसिंह बस्न्यातलाई नख्खुबाट मुस्ताङ कारागार पठाइएको छ । बिहान पानै ९ बजे बुद्ध एयरको फ्लाइटमार्फत उनलाई मुस्ताङ पठाइएको नुख्खु कारागारका जेलर जीवन दुलालले बताए ।

कर्तव्य ज्यान र संगठित अपराध मुद्दामा ललितपुरस्थित नख्खु कारागारमा रहेका बस्नेतलाई सोमबार बिहान मुस्ताङ पठाइएको हो।

उनलाई मुस्ताङपठाउनुको कारण भने खुलेको छैन ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले भारतबाट पक्राउ गरेर मंसिर १७ गते बस्नेतलाई सार्वजनिक गरेको थियो।

गत असोज २३ गते नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको काठमाडौंको बानेश्वरस्थित शान्तिनगरमा गोली हानी हत्या गरेको आरोपमा बस्नेत पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस