२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हेमकार परिवार हत्या प्रकरण : १३ वर्ष पछि हत्यारा पक्राउ

अ+ अ-

नेपालगञ्ज । १३ वर्षअघि नेपालगञ्जको सदरलाइनका सुनचाँदी व्यवसायी दिपक हेमकारको परिवार सहित पाँच जनाको हत्याका अभियुक्त पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकले हत्याकाण्डका मुख्य अभियुक्त भनिएका भारतको उत्तर प्रदेश सीतापुर जिल्ला बिसवाह बजार घर भई हाल लखनउ सीतापुर प्रियदर्शनी कोलोनीमा बस्दै आएका ६५ वर्षीय किशोरीलाल सोनीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । उनी नाताले दिपकका ससुरा हुन् ।

उनले २०६२ फागनु २३ गते दिपक हेमकार परिवारका बुहारी दीपा बाहेक सबै सदस्यसहित ५ जनाको हत्या गरिएको थियो । परिवारका गुलामदेवी हेमकार, जगदेव हेमकार, सीतादेवी हेमकार, दीपक हेमकार र पसलमा काम गर्ने १५ वर्षे रामशनिश्चर चौधरीको हत्या भएको थियो ।

हत्या गरी २९ लाख रुपैयाँ बराबरको सुनचाँदीका गहना समेत लुटिएको थियो । घटना भएको दिन दीपा माइत भारत गएकी थिइन् ।

परिवारका सबै सदस्यको हत्यापछि घटनामा बाँचेकी दीपककी श्रीमती दीपाले पनि दुई वर्ष पछि ८७ लाखमा सबै सम्पत्ति बेचबिखन गरेर भारत बस्न थालेकी थिइन् ।