काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले यातायात व्यवस्था कार्यालय नारायणी पर्साका प्रमुख विश्वराज नेपाल, शाखा अधिकृत उमेश रेग्मी र नायब सुब्बा अविन्दर दासका विरुद्ध मुद्दा दायर गरेको हो।
सवारी चालक अनुमतिपत्र प्रचलित कानूनविपरीत नेपालीकरणको नाममा जारी गरेको र नेपालीकरण गर्दाको अभिलेखसमेतको कागजात जलाइ नष्ट गरी सरकारलाई बदनियतका साथ हानी पु¥याएको भन्ने उजुरीका आधारमा छानबिन हुँदा बदनियत देखिएको आयोगले ठहर गरेको छ ।
नेपालीकरकणका लागि प्राप्त निवेदन र सो साथ संलग्न भएका अन्य कागजात र सफल परीक्षार्थीका उत्तर पुस्तिका लगायतका कागजात काम तामेल भएको एक वर्ष पनि नपुग्दै प्रमाण लोप गर्ने मनसायले नियमविपरीत कागजात धुल्याइ नष्ट गरेको अभियोग उनीहरुमाथि लागेको आयोगका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए ।







