प्रधानसेनापति थापाद्वारा निरीक्षण भ्रमण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानसेनापति थापाद्वारा निरीक्षण भ्रमण


१४ आश्विन २०७५, आइतबार


काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले आज (आइतबार) काभ्रेस्थित विभिन्न बाहिनी तथा तालिम केन्द्रको निरीक्षण भ्रमण गरेका छन् ।

थापाले जिल्लाको भकुण्डेबेसीस्थित श्री नं. २६ बाहीनी अड्डा र पाँचखालस्थित श्री वीरेन्द्र शान्ति तालिम केन्द्रको निरीक्षण भ्रमण गरेका हुन् ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त बाहिनी तथा केन्द्रको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी लिएका थिए । भ्रमण सम्पन्न गरेर थापा आजै काठमाडौं फिर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस