कार्यालय समयमै नकावधारिले गरे मालपोतमा तोडफोड « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कार्यालय समयमै नकावधारिले गरे मालपोतमा तोडफोड


१४ आश्विन २०७५, आइतबार


हेटौँडा । हेटौँडाको थाहा नगरपालिकास्थित मालपोत कार्यालयमा अज्ञात समूहले आक्रमण गरेका छन् ।

पालुङ इलाका प्रहरी कार्यालयका अनुसार प्रहरी कार्यालय नजिकै रहेको शिखरकोटस्थित उक्त कार्यालयमा बिहान ११ः२० बजे तिर तोडफोड भएको हो । सातजनाको समूहमा रहेको मुकुण्डो र चस्माधारी समूहले कार्यालयभित्र प्रवेश गरी तोडफोड गरेको कर्मचारीले बताएका छन् ।

कार्यालय तोडफोड गर्न थालेपछि आफू भागेर प्रहरीलाई खबर गर्न पुगेको कर्मचारी रामचन्द्र लामाले बताए । उनीहरूले कार्यालयमा रहेको चार थान कम्प्युटरका साथै टेबुल, कुर्ची र दराज समेत तोडफोड गर्नुका साथै कार्यालयको फाइल छरपष्ट पारिदिएको प्रहरीले जनाएको छ ।

करीब पाँच मिनेट भित्रै तोडफोड गरी आक्रमणकारी थहानगर–४ किटेनीतर्फ भागेको अर्का कर्मचारी नारायण दाहालले बताए ।

घटनास्थलबाट प्रहरीले एक थान मोबाइल फेला पारेको र उनीहरूको खोजीकार्य भइ रहेको प्रहरी प्रमुख धुर्वप्रसाद शिलवालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस