जग्गा ठगी प्रकरणमा मालपोत कार्यालय प्रमुख पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

जग्गा ठगी प्रकरणमा मालपोत कार्यालय प्रमुख पक्राउ


१४ आश्विन २०७५, आइतबार


घुससहित रंगेहात पक्राउ

काठमाडौं । मिलेमतोमा जग्गाको कागजपत्र कीर्ते बनाई ठगी गरेको अभियोगमा मालपोत कार्यालय चाबहिलका प्रमुखलाई पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले कार्यालय प्रमुख कमलप्रसाद तिमिल्सिनालाई नियन्त्रणमा लिएको हो ।

गौशाला वृतका प्रहरी निरीक्षक शैलेन्द्र कुमार भट्टले अनुसन्धानका क्रममा प्रमुख तिमिल्सेनालाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

चन्दनकृष्ण कायस्थको बूढानीलकण्ठमा रहेको ४० आना जग्गा मालपोत कार्यालयका कर्मचारीहरूको मिलेमतोमा बिक्री भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । प्रहरीले जग्गा खरिद गर्ने व्यक्तिलाई पनि नियन्त्रणमा लिइसकेको छ ।

बूढानीलकण्ठ – ७ को ‘ग’को कित्ता नम्बर ३२३, ३२५ र ३२९ का जग्गाको कागजपत्र कीर्ते गरी श्रीकृष्ण देवकोटा र ध्रुवप्रसाद भट्टराईको नाममा पास गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस