गजल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गजल


१३ आश्विन २०७५, शनिबार


गजल

बिछोडको वेदनामा एउटा शब्द कोर्नु थियो
धोका दिने निस्ठुरिले किन मुटु जोर्नु थियो

केवल बहाना रहेछन् बाचा कसम धोकेबाजका
मझधारमा छोड्ने भए किन दिल चोर्नु थियो

माया के हो थाहा थिएन ताते गर्दै सिकायौ तिमीले
किन देखायौ मिठा सपना बिच बाटोमै छोड्नु थियो

सम्बन्ध होस दिगो, सहयात्रा होस जुनी जुनीको
मलाई भने त्यस्तो सहयात्रामा इतिहास कोर्नु थियो

प्रतिक्रिया दिनुहोस