प्रदेश नामारण र राजधानीका विषयमा असन्तुष्टि जनाउँदै भोलीदेखि आमहड्ताल घोषणा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रदेश नामारण र राजधानीका विषयमा असन्तुष्टि जनाउँदै भोलीदेखि आमहड्ताल घोषणा


१२ आश्विन २०७५, शुक्रबार


धनगढी । प्रदेश नम्बर ७ को नाम सुदूरपश्चिम र राजधानी गोदावरी राख्ने प्रस्ताव बहुमतले पारित भएसँगै निर्णयप्रति असन्तुष्टि जनाउँदै नागरिक समाज संघर्ष समितिले भोली १३ गतेदेखि आम हडतालको घोषणा गरेको छ ।

समाजले एक विज्ञप्ति जारी गर्दै उक्त निर्णय अब्यवहारिक र जनभावना विपरित रहेको ठहर गर्दै आम हड्तालको घोषणा गरेको हो ।

दुईतिहाइ बहुमतको सरकारले प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाको अवरोधकाबीच दुईतिहाइको दम्भ देखाउँदै बल मिचाई गरेर नाम र राजधानी घोषणा गरिएको आरोप नागरिक समाजको छ ।

बिज्ञप्तिमा भनिएको छ बन माफियाहरु र भूमाफियाहरुलाई फाइदा पुग्ने गरी चुरे विनास गर्ने उद्येश्यले गरिएको निर्णय आम धनगढीबासिलाई मान्य छैन ।

व्यत्तिवादी निर्णयका बिरुद्ध १३ गते शनिवारदेखि अनिश्चितकालीन आमहड्तालको घोषणा गरिएको छ –बिज्ञप्तीमा भनिएको छ ।

आम हड्तालको अबज्ञा गरिए त्यसबाट हुन जाने क्षतीको जिम्मेवारी पनि स्वयम् उलंघन कर्ताले लिनुपर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस