यू – १९ एशिया कपमा नेपालले भारतसँग खेल्ने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

यू – १९ एशिया कपमा नेपालले भारतसँग खेल्ने


१२ आश्विन २०७५, शुक्रबार


काठमाडौं । नेपालले यू – १९ एशियाकप भारत सँग खेल्ने भएको छ । शनिबारदेखि शुरु हुने खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने भएको हो ।

बङ्गलादेशमा हुने उक्त प्रतियोगितामा टेष्ट राष्ट्र टोली भारतलाई पराजित गर्ने लक्ष्यसहित नेपाली टोली प्रतिस्प्रधामा उत्रनेछ ।

गत संस्करणको खेलमा भारत नेपालसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरिएको थियो । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भारत, अफगानिस्तान र संयुक्त अरब इमिरेट्स (युएइ) छन् । त्यस्तै समूह बी मा श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान र हङकङ छन् ।

नेपाली टोलीमा कप्तानको भूमिका मोहम्मद आसिफ शेखले निर्वाह गर्नेछन् भने उपकप्तान कमल सिहं ऐरी छन् । टोलीको अन्य खेलाडीमा रोहितकुमार पौडेल, रवी शाह, सूर्य तामाङ, पवन शर्राफ, रवीन्द्रजङ्ग शाही, रासिद खान, भीम सार्की, तृतराज दास, सन्दिप जोरा, नन्दन यादव, रीत गौतम, सागर ढकाल र अरुण ऐरी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस