गृहमन्त्री बादल र भारतीय मन्त्री प्रधानबीच भेटवार्ता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गृहमन्त्री बादल र भारतीय मन्त्री प्रधानबीच भेटवार्ता


१२ आश्विन २०७५, शुक्रबार


काठमाडौं । गृहमन्त्री रामबहादुर थापा‘बादल’ र नेपाल भ्रमणमा रहेका भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास सम्बन्धी मन्त्री धमेन्द्र प्रधानबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

गृहमन्त्रालयमा भएको भेटमा नेपाल–भारत द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यको विषयमा छलफल भएको थियो ।

गृहमन्त्री थापाले नेपालको हरेक क्षेत्रमा भारतले गर्दै आएको सहयोग सराहनीय रहेको भन्दै आगामी दिनमा समेत सहयोगको निरन्तरताका लागि आग्रह गरेका छन् । उनले नेपाल–भारत पेट्रोलियम पदार्थ सम्बन्धी निर्माणाधिन परियोजनाहरु छिट्टै सम्पन्न गर्न मन्त्री प्रधानको भ्रमणले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

भारतीयमन्त्री प्रधानले नेपाल र भारतबीच सामाजिक, आर्थिक, सांस्कृतिक हरेक क्षेत्रमा ऐतिहासिक कालदेखिनै सम्बन्ध रहेको चर्चा गर्दै यो सम्बन्ध थप मजबुत बनाउँदै लैजानुपर्ने बताए । दुई देशको सहकार्यमा निर्माण भईरहेको पेट्रोलियम पदार्थ सम्बन्धी परियोजनाले दुबै देशका लागि फाईदाजनक रहेको टिप्पणी गरे ।

भेटमा नेपालका लागि भारतीय राजदुत रणजित रायपनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस