प्रधानमन्त्री केपी शर्मा ओली र एन्टोनियो गुटेरेसबीच द्विपक्षीय भेटवार्ता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री केपी शर्मा ओली र एन्टोनियो गुटेरेसबीच द्विपक्षीय भेटवार्ता


१२ आश्विन २०७५, शुक्रबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गरेका छन्।

भेटवार्तामा नेपाल तथा राष्ट्र सङ्घबीच सहयोगका विभिन्न पक्षका विषयमा छलफल बताइएको छ । शान्ति स्थापना गर्ने अभियान र त्यसमा नेपालको भूमिका विस्तार गर्ने विषयमा पनि द्विपक्षीय छलफल भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

महासचिव गुटेरेसले शान्तिपूर्ण सङ्क्रमणमा नेपालमा सशक्त प्रजातन्त्र स्थापना हुनु उदाहरणीय भएको बताउँदै नेपालको पुनःसंरचना तथा दिगो विकासका लक्ष्य प्राप्त गर्न राष्ट्रसङ्घीय सहयोगको वचनबद्धता गरेका छन् । प्रधानमन्त्री ओलीले नेपालको विकासमा राष्ट्र सङ्घको सहयोगप्रति कृतज्ञता प्रकट गरे।

प्रतिक्रिया दिनुहोस