प्रधानमन्त्रीले उद्घाटन गरेको बायोग्यास बल्न थाल्यो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रधानमन्त्रीले उद्घाटन गरेको बायोग्यास बल्न थाल्यो


१२ आश्विन २०७५, शुक्रबार


मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको बायोग्यास सञ्चालनमा आएको छ । विराटनगरस्थित श्रीकृष्ण गौशालाले उत्पादन गरेको बायोग्यास गत भदौ ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । प्राविधि समस्या आएपछि बायोग्यासको करिब २० दिन सम्म वितरण रोकिएको थियो ।

एकसाता याता निरन्तर रुपमा घरमै ग्यास आउन थालेको उपभोक्ताले बताएका छन् । बायोग्यास आउन थालेपछि सिलिण्डरको प्रयोग गर्न छाडेको स्थानीय उपभोक्ताले बताएका छन् ।

बायोग्यास प्लान्टबाट पाइपलाइनमा ग्यास वितरण गर्दा समस्या आएपछि मर्मतका लागि ग्यास वितरण बन्द गरिएको थियो । भारतबाट प्राविधिक टोली बोलाइएको थियो ।  भारतको दिल्लीबाट आएको प्राविधिक टोलीले बायोग्यास मर्मत गरेको थियो ।

गत भदौ ५ गते ८० घरमा वितरणको लक्ष्यसहित बायोग्यास वितरण प्रक्रियाको उद्घाटन गरिएको थियो। सुरुमा ३२ घरमा जडान गरिएको थियो । पाइपलाइन बिच्छयाउदा आवश्यक सामाग्री समयमै आपूर्ति नभएका कारण ४८ घरमा जडान गर्न समय लागेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस