नेपाल–भारत पेट्रोलियम पाइपलाइन विस्तारबारे छलफल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेपाल–भारत पेट्रोलियम पाइपलाइन विस्तारबारे छलफल


१२ आश्विन २०७५, शुक्रबार


काठमाडौं । नेपाल भारत प्ट्रोलियम पाइपलाइन विस्तारबारे आज छलफल भएको छ ।

नेपाल भ्रमणमा रहेका भारतीय पेट्रोलियम तथा प्राकृतिक स्रोतमन्त्री धर्मेन्द प्रधान र कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलबीच आज भएको भेटवार्तामा दुई देशीय पाइपलाइन विस्तारको प्रगतिका विषयमा छलफल भएको हो।

सिंहदरबारस्थित रक्षा मन्त्रालयको कार्यालयमा भएको भेटवार्तामा नेपाल भारतबीचको मोतिहारी–रक्सौल–अमलेखगञ्ज पाइपलाइन विस्तार कार्यलाई तीव्रता दिन भारत सरकार तयार रहेको र केही प्राविधिक विषय टुङ्गो लगाएर काम अघि बढाइने मन्त्री प्रधानले बताएका छन् ।

त्यस विषमा दुई देशको सहसचिवस्तरीय बैठक बसी प्राविधिक विषयमा टुङ्गो लाग्ने बताइएको छ । पाइपलाइन विस्तारका क्षेत्रमा रहेका रुख कटानका विषयमा पनि छलफल भएको कार्यवाहक प्रधानमन्त्री पोखरेलले जानकारी दिए ।

भारतको सहयोगमा बन्ने हेटौँडा पोलिटेक्निक इन्स्टिच्युटको निर्माण चाँडो पूरा गर्ने विषयमा पनि छलफल भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस