नियो न्याटल भेन्टिलेटर नबन्दा नवजात शिशुको मृत्यु « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

नियो न्याटल भेन्टिलेटर नबन्दा नवजात शिशुको मृत्यु


१२ आश्विन २०७५, शुक्रबार


चितवन । अस्पतालमा भेन्टिलेटर नबन्दा नवजात शिशुको मृत्यु भएको छ । चितवनको भरतपुर अस्पतालमा शिशुका लागि आवश्यक पर्ने नियो न्याटल भेन्टिलेटर नबन्दा नवजात शिशुको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

अस्पतालका स्रोतका अनुसार असाज १० गते भरतपुरकी उमा तामाङकी नवजात शिशुको मृत्यु भएको हो । शिशुलाई श्वासप्रश्वास सम्बन्धी समस्या भएपछि अस्पताल लगिएको थियो । जन्मेको २८ दिनसम्मका शिशुलाई नियोन्याटलमा राखेर कृतिम श्वासप्रश्वाबाट उपचार गराइन्छ ।

एनआईसीयूमा जडित भेन्टिलेटरले काम नगर्दा उपचारमा समस्या आएको अस्पतालले जनाएको छ । शिशुलाई एनआईसीयूमा राख्नेबेला भेन्टिलेटर छैन भनेर अभिभाबकलाई जानकारी गराएको अस्पतालले जनाएको छ । उपचारकाक्रममा भेन्छिलेटरको आवश्यक परेको हुँदा त्यो सुविधा नभएपछि शिशु बचाउन नसकिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस