साढे ३३ किलो सुन प्रकरणः पूर्वडिआईजी निरौलालाई साधारण तारेखमा छाड्न उच्च अदालतको आदेश « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

साढे ३३ किलो सुन प्रकरणः पूर्वडिआईजी निरौलालाई साधारण तारेखमा छाड्न उच्च अदालतको आदेश


११ आश्विन २०७५, बिहिबार


उच्च अदालत

काठमाडौं । सुन तस्करी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका नेपाल प्रहरीका पूर्वडिआईजी गोविन्द निरौलालाई साधारण तारेखमा छाड्न उच्च अदालत बिराटनगरले आदेश गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहँदा सुन तस्करलाई सघाएको आरोपमा अवकाशलगत्तै पक्राउ परेका निरौला पूर्पक्षका लागि थुनामा रहेका थिए ।

उच्च अदालत विराटनगरमा बिहीबार न्यायाधीशद्वय शारंगा सुवेदी र जनक पाण्डेको इजलासले निरौलालाई साधारण तारेखमा राख्दै मुद्दाका पूर्पक्ष गर्न आदेश गरेको हो।

सुन तस्करी प्रकरणको अनुसन्धानका लागि सरकारले २० चैत २०७४ मा गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठित टोलीले अनुसन्धानमा निरौलाले सुन तस्कर चुणामणि उप्रेती सहितको समूहलाई सघाएको र टोलीले बरामद गरेको राजिस्टारमा निरौला समेतले रकम लिएको देखिएपछि उनीविरुद्ध कारबाही भएको थियो।

सुन तस्करी प्रकरण तथा सनम शाक्य हत्या प्रकरणमा जोडिएका एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी र गोरेका सहयोगी रामकुमार तिवारीलाई रिहा गर्न आदेश दिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस