प्रशासकीय अदालतसम्बन्धी विधेयक पारित « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

प्रशासकीय अदालतसम्बन्धी विधेयक पारित


११ आश्विन २०७५, बिहिबार


राष्ट्रियसभा

काठमाडौं । राष्ट्रियसभा बैठकबाट प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ बहुमतले पारित भएको छ ।

राष्ट्रियसभाको आजको बैठकले उक्त विधेयक पारित गरेको हो । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । शान्ति विश्वविद्यालय स्थापना गर्नेसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौताको सम्मिलन गर्नेसम्बन्धी प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले ‘शान्ति विश्वविद्यालय स्थापना गर्नेसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौताको सम्मिलन गर्नेसम्बन्धी प्रस्ताव पेश गरेका थिए । प्रस्तावलाई स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरियोस् भन्ने प्रस्ताव पारित भएको हो ।

बैठकमा राष्ट्रियसभाका सचिव तोकिनुभएका सचिवालय सचिव डा. भरतराज गौतमले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘राहदानी विधेयक, २०७५’ लाई टेबुल गरेका थिए।

सभामा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १८४ को उपनियम ९१० बमोजिम सांसद रामप्रीत पासवानको बैठकमा अनुपस्थितिको सूचनालाई स्वीकृतिका लागि सदनसमक्ष प्रस्ताव प्रस्तुत गरेका थिए। सो प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृतसमेत गरेको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस