प्रदेश राजधानीको माग गर्दै डोटीमा आन्दोलन « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

प्रदेश राजधानीको माग गर्दै डोटीमा आन्दोलन


११ आश्विन २०७५, बिहिबार


डोटी । प्रदेश राजधानीको माग गर्दै डोटीमा आन्दोलन गरिएको छ ।  प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदावरी सारेकोमा बिरोध गर्दै आन्दोलन गरिएको जिल्ला समन्वय समितिका संयोजक राम बहादुर ऐरले जनाएका छन् ।

शुक्रबारदेखि अनिश्चित आम हड्तालको घोषणा गरेको संयोजक ऐरले बताए । बुधबार स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाजका अगुवा लगायतको सहभागितामा गठन गरिएको संघर्ष समिति बैठकले आन्दोलनको घोषणा गरेको हो ।

प्रदेश सरकारले नाम र राजधानीका बिषयमा प्रतिबेदन पेश गर्न सांसद तारालामा तामाङ्गको संयोजकत्वमा ५ सदस्यिय समिति गठन गरेको थियो ।

आन्दोलन सशक्त पार्ने तयारी भएको डोटी उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष नरेन्द्र खड्काले बताए ।

डोटीमा प्रदेशको नामले नै उक्त प्रदेशको पहिचान बनाउने भएकाले विज्ञहरूबाट सुझाव लिनुपर्ने र राजधानीको अध्ययन गरेर सिफारिस गर्नु पर्ने माग छ ।

यस अघि राजधानी माग्दै डोटीमा ६४ दिनसम्म आमहड्ताल गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस