२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

असंलग्न अभियान शान्तिको संस्कृति : परराष्ट्रमन्त्री ज्ञवाली

अ+ अ-

न्युयोर्क । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले असंलग्न अभियानको सिद्धान्तले यसका सदस्यहरूलाई शान्तिको संस्कृतितर्फ अभिप्रेरित गर्ने बताएका छन् ।

संयुक्त राष्ट्र सङ्घको मुख्यालयको अति कम विकसित मुलुकहरूको मन्त्रिस्तरीय बैठकमा आज सहभागी हुँदै मन्त्री ज्ञवालीले उक्त कुरा बताएका हुन् ।

बैठकमा उनले यस अभियानका सदस्यहरूले एकतामा आबद्ध भई कसैलाई पनि पाखा नपारी शान्त विश्व निर्माण गर्न योगदान गर्नुपर्नेमा जोड दिए।

मन्त्री ज्ञवाली आजै अति कम विकसित मुलुकहरूको मन्त्रिस्तरीय बैठकमा पनि सहभागी भएका छन् । उक्त बैठकमा उनले गरीबी, असमानता, बेरोजगारी, मौसम परिवर्तन, प्राकृतिक प्रकोप तथा आन्तरिक द्वन्द्व अति कम विकसित मुलुकका प्रगतिमा बाधा भएको बताए ।

उनले अति कम विकसित मुलुकको विकासको मार्ग मन्द, लामो, व्यापक अर्थ लाग्ने भएको बताउँदै ती मुलुकको आन्तरिक प्रयासलाई सहयोग गर्न पर्याप्त अन्तर्राष्ट्रिय सहयोग आवश्यक भएको उल्लेख गरे ।

यसैगरी परराष्ट्रमन्त्री ज्ञवाली आज भियतनामको स्वतन्त्रता दिवसका अवसरमा आयोजित स्वागत समारोहमा सरिक भए । उनले भियतनामका हालै दिवङ्गत भएका राष्ट्रपति त्रान दाई क्वानप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरे ।

मन्त्री ज्ञवालीले आजै दिगो विकासका लक्ष्य कार्यान्वयनमा चीनले गरेको योगदानको प्रदर्शन अवलोकन गगरे । उक्त प्रदर्शन चिनियाँ विदेशमन्त्री वाङ यीले आयोजना गरेका हुन् ।

यसैगरी परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले पारमाणविक हतियार पूर्ण अन्त्य दिवस मनाउन आयोजना गरिएको एक समारोहलाई सम्बोधन गरेका छन्। उनले नेपालले आम विनाशकारी हतियारका साथै अन्य हतियारको निःशर्त अविस्तारको सिद्धान्त अवलम्बन गरेको बताए । रासस