प्रदेश नं. ७ मा हडतालका कारण जनजीवन प्रभावित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रदेश नं. ७ मा हडतालका कारण जनजीवन प्रभावित


११ आश्विन २०७५, बिहिबार


धनगढी । प्रदेश नं. ७ को स्थायी राजधानी गोदावरी नगरपालिकास्थित तेघरीको जङ्गल क्षेत्रमा बनाउने असहमति राख्दै गरिएको हडतालका कारण आज जनजीवन प्रभावित बनेको छ । शिक्षण संस्था, व्यापार—व्यवसाय, यातायात लगायतका क्षेत्र ठप्प रहेपछि जनजीवन प्रभावित भएको हो ।

हडताल आह्वानकर्ताले बिहानदेखि धनगढी बजारमा प्रदर्शनसमेत गरेका छन् । धनगढीलाई प्रदेश नं. ७ को अस्थायी राजधानी बनाउँदा राज्यको ठूलो रकम खर्च भइसकेको अवस्थामा कुनै पूर्वाधार नरहेको र जङ्गल क्षेत्र रहेको कैलालीको गोदावरी नगरपालिका–४ को तेघरीमा स्थायी राजधानी रहने स्थानको सिफारिश गर्नु उपयुक्त नभएको स्थानीयवासीको भनाइ छ ।

प्रदेश नं. ७ को स्थायी राजधानी रहने स्थान र नामाङ्कनका लागि सुझाव दिन प्रदेशसभामा गठित विशेष सुझाव समितिले गोदावरी नगरपालिका–४ को तेघरीमा स्थायी राजधानी बनाउन उपयुक्त हुने ठहरसहित प्रतिवेदन प्रस्तुत गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस