डोटीमा छात्रा क्रिकेट प्रतियोगिता गरिँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डोटीमा छात्रा क्रिकेट प्रतियोगिता गरिँदै


११ आश्विन २०७५, बिहिबार


डोटी । असोज तेस्रो साता डोटीमा जिल्लास्तरीय छात्रा क्रिकेट प्रतियोगिता आयोजना गरिने भएको छ ।

राजपुरस्थित सुजङ माध्यमिक विद्यालयले आज दिपायलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगिता असोज १८ देखि २० सम्म चल्नेछ ।

क्रिकेट विकाससँगै महिला हिंसा न्यूनीकरण गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको विद्यालयका निर्देशक नरेश बलायरले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको सेमिफाइनल र फाइनलमा हातमा कालोपट्टि बाँधेर सांकेतिकरूपमा महिला हिंसाको विरोध गरिनेछ ।

प्रतियोगितामा आठ विद्यालयका १० टिमको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको बिजेता टिमले खसी पुरस्कार पाउने छ ।

प्रतिक्रिया दिनुहोस