२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाहुनाका लागि खुला देश नेपाल : पर्यटनमन्त्री अधिकारी

अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पाहुनाका लागि सधैँ नेपाल खुला देशका रूपमा रहेको बताए ।

नेपाल पर्यटन पत्रकार महासङ्घले सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रायलयमा बुधबार आयोजना गरेको ‘अतिथि देवो भवः पर्यटन वर्ष २०२०’ शुभारम्भका क्रममा उनले भने, “सधैँ खुशी रहेर अतिथिप्रति प्रेमभाव प्रकट गर्ने हाम्रो संस्कार हो तर पछिल्लो समयमा हामीले यो संस्कार भुल्दै गएका छौँ ।”

उक्त महासङ्घलाई सरकारको सहयोगी भएर काम गर्न, पर्यटन प्रवर्द्धनमा ध्यान दिएर यसलाई समृद्धि र विकाससँग जोड्नुपर्ने आवश्यकता औल्याउँदै मन्त्री अधिकारीले महासङ्घले थालेको अभियानमा सरकारले पनि साथ दिने प्रतिबद्धता व्यक्त गरे।

युएनडिपीका देशीय निर्देशक आइस्यानी लाबेले सरकारले लिएको ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारालाई सार्थक तुल्याउन र नेपालको अर्थतन्त्र बलियो बनाउन पर्यटन एक मूल आधार भएको बताए । “नेपालमा पर्यटन प्रवर्द्धनका क्षेत्रमा धेरै काम भइरहे पनि यस क्षेत्रको थप विकासका लागि शान्तिको स्थायित्व, आकर्षक वातावरण, मनोरञ्जन र सहज पहुँच हुन आवश्यक छ”, उनले भने।

नेपाल पर्यटन बोर्डका प्रबन्धक केबी शाहले मुलुकको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने खालका कार्यक्रममा महासङ्घको विशेष भूमिका हुनेुपर्नेमा जोड दिए। महासङ्घका अध्यक्ष धनीराम शर्माले सामाजिक र पेशागत दायित्व बोकेर मुलुकभर यो अभियान अघि बढाइने बताए ।

होटल एशोसियसन नेपाल (हान)का कार्यकारी प्रमुख टेकबहादुर महतले नेपाललाई कृषि, संस्कृति, स्वास्थ्य, जल, योग र आयुर्वेद पर्यटनका रूपमा विकास गर्न सकिने बताए। कार्यक्रममा देशभरिका डेडसय भन्दा बढी पर्यटन पत्रकारको सहभागिता थियो । रासस

प्रतिक्रिया दिनुहोस