२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजधानीको माग गर्दै बिरोध कार्यक्रम घोषणाः ११ गते कालो झण्डा, १२ देखि अनिश्चितकालीन हड्ताल

अ+ अ-

डोटी । ७ नम्बर प्रदेशको नामाकरण र राजधानी तोक्न गठित विशेष समितिले प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदावरी राख्न मंगलबार प्रदेशसभाको बैठकमा सिफारीस गरेपछी लामोसमयदेखि आन्दोलनरत डोटेली नागरिक समाजले पुनः विरोधका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

डोटीमा क्रियाशिल राजनितिक दलका प्रमुख प्रतिनिधि, अगुवा जनप्रतिनिधि, पत्रकार बुद्धिजीविलगायतका ब्यक्तिहरुको उपस्थितीमा जिल्ला समन्वय समितिको सभाहलमा बसेको बैठकले प्रदेश ७ को स्थायी राजधानी डोटीको विकल्प अन्य स्थानमा नरहेको निष्कर्ण निकाल्दै बिरोधका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

जसअनुसार असोज ११ गते डोटीबासीहरु प्रत्येकले आफ्नो घरमा कालो झण्डा गाड्नुपर्ने, सोही दिन जिल्ला सदरमुकाम सिलगढीमा र्‍याली सहित जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने, कोणसभा गर्ने र साँझ ४ बजे दिपायलस्थित पिपल्ला बजारमा विरोध र्‍याली गर्ने गर्ने रहेको छ । त्यसैगरी असोज १२ गतेदेखि डोटीमा अनिश्चितकालीन आम हड्तालका कार्यक्रमहरु रहेका बैठकमा सहभागि उद्योग वाणिज्य संघ डोटीका महासचिव दिपक खड्काले जानकारी दिए । प्रदेश नम्बर ७ को स्थायी राजधानिको सवाललाई लिएर यो भन्दा पहिले डोटीमा ६४ दिन आन्दोलन समेत भइसकेको छ ।

यस्तै राजधानी र नामाकरणमा असहमति जनाउँदै धनगढीमा समेत प्रदर्शन भएको छ । नागरिक समाजको अगुवाइमा प्रदेश संसदको भवन रहेको स्थान बाहिरको सडकमा सर्वसाधरणले टायर बालेर विरोध गरेका हुन् । सांसद तारा लामा तामाङ नेतृत्वको संसदीय समितिले प्रदेश सातको नाम सुदूरपश्चिम र राजधानी कैलालीको गोदावरी नगरपालिकामा राख्न सिफारिस गरेपछि धनगढी बासिमा असन्तुष्टि देखिएको हो । तयार पारिएको उक्त प्रतिवेदनमाथी बुधबारदेखि सांसदहरुबीच प्रदेश सभामा छलफल भइरहेको छ ।