सुनिललाल स्मृती भारोत्तोलन बुधबार देखि « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुनिललाल स्मृती भारोत्तोलन बुधबार देखि


१० आश्विन २०७५, बुधबार


कठमाडौं । ओलम्पियन सुनिललाल जोशीको स्मृतिमा आयोजना हुन लागेको “दोश्रो नेपाल्स स्ट्रङ्गेष्ट २०१८” सुनिललाल जोशी स्मृती भारोत्तोलन प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।

सुनिललाल जोशीको सम्झनामा पुरुष तथा महिला सिनियर तथा जुनियर प्रतियोगिता गर्न लागिएको भारोत्तोलन संघका अध्यक्ष विजेन्द्र विक्रम शाहले जनाएका छन् । प्रतियोगिताले खेलाडीहरुमा खेल प्रति अभिरुची बृद्धि गर्नुका साथै भारोत्तोलन खेलको विकास र विस्तारमा टेवा पुग्ने अध्यक्ष शाहले बताए ।

अग्नी ब्याङ्क्वेट, कुमारीपाटी, ललितपुरमा हुने प्रतियोगितामा पुरुष सिनियर तथा जुनियर तर्फ ५६, ६२, ६९, ७७, ८५, ९४, १०५ र १०५ केजी माथी ८ तौल समूह र महिला सिनियर र जुनियर तर्फ ४८, ५३, ५८, ६३, ६९, ७५ र ७५ केजी माथी ७ तौल समूहमा ३ विभागिय टोली नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा जिल्लाका गरी करिव १०० खेलाडीहरुले कुल ३० स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघ र एशियान भारोत्तोलन महासंघको नियमानुसार खेलाईने प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई पदक र प्रमाण पत्र प्रदान गरिने छ । यस्तै सिनियर महिला तथा पुरुष दुवै तर्फ सवैभन्दा बढी भार बहन गर्ने खेलाडीहरुलाई दोश्रो बलशाली महिला तथा पुरुष २०१८ उपाधीका साथै प्रमाण पत्र, ट्रफी र नगद प्रदान गरिने छ । यसैगरी सिनियर तर्फ राष्ट्रिय किर्तिमान कायम गर्ने पुरष र महिला खेलाडीहरुलाई नगद तथा प्रमाण पत्र तथा जुनियर तर्फ उदियमान महिला तथा पुरुष खेलाडीलाई ट्रफी तथा प्रमाण पत्र प्रादान गरिने अध्यक्ष शाहले जनाए । जुनियर तर्फ २० बर्ष मुनिका खेलाडीहरुले सहभागिता जनाउने छन् ।

आयोजकले जिल्लाबाट प्रतियोगितामा सहभागी हुन आउने खेलाडीहरुलाई खाने तथा बस्ने व्यवस्था बाबा गेष्टहाउस, कलंकीमा ब्यवस्था गरेको अध्यक्ष शाहद्वारा हस्ताक्षरित बिज्ञप्तीमा जनाईएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस