विप्लव नेतृत्वको बन्दले रोल्पाको जनजीवन प्रभावित « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

विप्लव नेतृत्वको बन्दले रोल्पाको जनजीवन प्रभावित


१० आश्विन २०७५, बुधबार


काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेकोे बन्दका कारण रोल्पाको जनजीवन प्रभावित भएको छ ।

पक्राउ परेका जिल्ला सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’को रिहाई गर्न माग गर्दै विप्लव नेतृत्वको नेकपाले बन्दको अह्वान गरेको हो । बन्दले रोल्पाबाट चल्ने लामो तथा छोटोदूरीका गाडी बिहानैदेखि चलेका छैनन् । बजार, शिक्षण संस्था र कलकारखाना पनि बन्द छन्।

विद्यालयमा राजनीतिक सभा गरेकाले सुवेदीलाई पक्राउ गरीएको जिल्ला प्रहरी रोल्पाले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस