२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिरोले उर्थु-लासी सडकखण्ड तीन महिनादेखि अवरुद्ध

अ+ अ-

जुम्ला । अविरल वर्षापछि आएको पहिरोका कारण उर्थु– लासी सडकखण्ड तीन महिनादेखि अवरुद्ध बनेको छ ।

पातारासी गाउँपालिकाको उर्थुदेखि डिल्लीचौरको लासी बजारसम्मका विभिन्न स्थानमा खसेको पहिरोले सडक भत्काएपछि सवारी आवागमन ठप्प भएको छ ।

सडक अवरुद्ध हुँदा पैदल हिँड्नसमेत असुविधा भएको गुनासो सर्वसाधारणले गरेका छन् ।

सडकमा खसेको पहिरोले जनजीवन प्रभावित भए पनि मर्मतमा सरोकारवालाले चासो नदेखाएको पातारासी गाउँपालिका–५ का विर्षबहादुर बुढाले गुनासो गरे ।

सो क्षेत्रका व्यापारीले भरियामार्फत सामान ढुवानी गर्दै आएका छन् ।

‘पहिरोले आवागमन प्रभावित भएपछि दैनिक उपभोग्य वस्तुको अभाव भएको छ, सामान महँगो छ’, पातारासी–५ का मुनबहादुर बुढाले भने ।

पातारासी गाउँपालिकाका अध्यक्ष लछिमन रोकाया भने वर्षाले लगातर पहिरो खसेकाले सडक मर्मत गर्न ढिलाइ भएको बताउँछन् । रासस