काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालय टेकुस्थित मिसिल शाखामा कार्यरत कार्यालय सहयोगी घुस रकम सहित पक्राउ परेका छन्।
सेवाग्राहीको फाइल खोज्न आनाकानी गरि विभिन्न बहानामा घुस लिएको आरोपमा कार्यालय सहयोगी उद्दवप्रसाद गिरी पक्राउ परेका हुन् । उनलाई पाँच हजार घुस रकम सहित कार्यालय परिसरबाटै अख्तियारले नियन्त्रणमा लिएको हो । उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको अख्तियारले जनाएको छ ।







