प्रदेश ७ को राजधानी गोदावरी, नाम सुदूरपश्चिम राख्न सिफारिस « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रदेश ७ को राजधानी गोदावरी, नाम सुदूरपश्चिम राख्न सिफारिस


९ आश्विन २०७५, मंगलबार


धनगढी । सात नम्बर प्रदेशको नाम सुदूरपश्चिम र राधानी गोदावरी राख्न सिफारिस गरिएको छ ।

नाम र राजधानी तोक्न गठित विशेष समितिले तयार पारिएको उक्त प्रतिवेदन मंगलवारको प्रदेशसभा बैठकमा पेश गरिएको छ ।

मंगलबार दिउँसो ३ बजे बसेको प्रदेशसभा बैठकमा उक्त प्रतिवेदन पेश गरिएको हो । अब बुधवारदेखि सांसदहरुबीच यसबारेमा छलफल हुने कार्यतालिका रहेको छ ।

प्रदेशसभा ७ ले प्रदेशको नाम र राजधानी तोक्न नेकपाका सांसद तारा तामाङ लामाको अध्यक्षतामा ५ सदस्यीय समिति गठन गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस