२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजधानीमा विपद् व्यवस्थापनसम्बन्धी संयुक्त अभ्यास सुरु

अ+ अ-

काठमाडौं । राजधानीमा १३ देशका प्रतिनिधिहरूले मंगलवार विपद् व्यवस्थापनसम्बन्धी संयुक्त अभ्यास सुरु गरेका छन् ।

नेपाली सेना तथा अमेरिकी सेनाको संयुक्त आयोजनामा संयुक्त अभ्यास सुरु भएको हो । प्रधानसेनापति पूर्णचन्द्र थापाले संयुक्त अभ्यासको सुभारम्भ गरे ।

अभ्यासमा नेपाललगायत अमेरिका, बंगलादेश, बेलायत, बेल्जियम, चीन, क्यानडा, डेनमार्क, इजरायल, भारत, माल्दिभ्स, फिलिपिन्स, सिंगापुर र श्रीलंकाका २३८ जनाको सहभागी रहेको नेपाल सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अभ्यास कार्यक्रम असोज १२ गतेसम्म चल्नेछ । अभ्यासमा नेपाली सेनाका साथै विभिन्न मन्त्रालयका प्रतिनिधिको सहभागिता रहनेछ ।
संयुक्त अभ्यासले प्राकृतिक विपद्मा छोटो समयभित्र गरिने उद्धार तथा जनधनको न्युनतम क्षतिका लागि अपनाइने कार्यविधिको अध्ययन, प्रयोग र अभ्यास गरी क्षमता अभिवृद्धि गर्न मद्दत पुर्‍याउने नेपाली सेनाको विश्वास छ ।

अभ्यासका क्रममा खोज र उद्दारको प्रयास तथा घाइतेहरूको उपचार प्रक्रियासम्बन्धी काल्पनिक परिस्थिति अनुसारको अभ्यास उपत्यका पृतना हेडक्वाटरमा गरिने विज्ञप्तिमा उल्लेख छ ।

उद्घाटन समारोहमा गृहसचिव प्रेमकुमार राई, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक संजिव गौतम, नेपालस्थित अमेरिकी राजदूतावासका मिचेल सि गोन्जालेजलगायतले मन्तव्य राखेका थिए ।